शहीद स्मारक ए डिभिजन लिग : थ्रीस्टार र नेपाल पुलिस विजयी - Naya Patrika
eNaya Patrika
  • ePaper

शहीद स्मारक ए डिभिजन लिग : थ्रीस्टार र नेपाल पुलिस विजयी

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । पहिलो खेलमा उपाधिको दाबेदार थ्रीस्टारले फ्रेण्डस् क्लबलाई २–१ ले हरायो ।

थ्रीस्टारले पहिलो हाफको १६ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । थ्रीस्टारका लागि रन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको थ्रीस्टारले दोस्रो हाफमा पनि १ गोल थपेको थियो । दोस्रो हाफको ८३ औं मिनेटमा गोल गर्दै थ्रीस्टारले २–० को अग्रता बनाएको थियो । उसका लागि बुद्धराज लिम्बुले गोल गरेका थिए । १० मिनेट समय थपिएकोमा अतिरिक्त समयको पहिलो मिनेटमा फ्रेन्डसले एक गोल फर्र्काएको थियो । फ्रेन्डसका लागि बिकास लामाले गोल गर्दै थ्रीस्टारका अग्रतालाई २–१ मा ल्याएका थिए ।

अर्को खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई १–० ले पराजित ग¥यो । डिफेन्डर अजित भण्डारीको पहिलो हाफको गोल निर्णायक बन्दा पुलिस तीन अंक जित्न सफल भयो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलको ३१औं मिनेटमा पुलिसले अग्रता लिएको थियो । तेज तामाङको पासको सदुपयोग गर्दै अजितले गोल गरेका थिए । जितसँगै पुलिसले लिगमा पहिलो तीन अंक जोडेको छ । लिगमा भोली हिमालयन शेर्पा क्लब र एपीएफ तथा ब्रिगेड ब्वइज र मनाङ मस्र्याङ्दी क्लबवीच खेल हुनेछ । हिमालयन शेर्पा र एपीएफवीचको खेल विहान एघार बजे हुनेछ भने दोस्रो खेल तीन बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया