कैलालीको नाकामा औलो रोग नियन्त्रणको लागि हेल्थ डेस्क - Naya Patrika
eNaya Patrika
  • ePaper

कैलालीको नाकामा औलो रोग नियन्त्रणको लागि हेल्थ डेस्क

चाडपर्व नजिकिएसँगै कैलालीका विभिन्न नाकामा औलो रोग नियन्त्रणको लागि हेल्थ डेस्क राखिएको छ । भारतबाट औलो रोग संक्रमण भएर नेपाल आउनेलाई लक्षित गर्दै हेल्थ डेस्क संचालनमा ल्याइएको टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले बताए ।

रावलले हेल्थ डेस्कमा औलो रोग जाँचका लागि सुचना पाटीमार्फत सबैलाई सुचित गरी प्रहरीको सहयोगमा परीक्षण भैरहेको बताए । भारतमा औलौ रोगको उच्च जोखिम रहेको हुँदा नाकामा औलो रोगी पहिचान गरी निदान गर्न हेल्थ डेस्क संचालन गरएकाे हो ।

भारतबाट आउने ज्वरो आएको व्यक्तिको आरडिटी परीक्षण भैरहेको रावलले बताए । उनले टीकापुरको खक्रौलाको नाका भएर आउने मध्ये ज्वरो भएका बिरामी ५५ जनाको औलो रोग परीक्षण भए पनि कसैमा राेगको संक्रमण नदेखिएको बताए ।

नगरपालिकाका दुर्इ जना स्वास्थ्यकर्मीको टोलीले २२ असोजदेखि ज्वरो आउने व्यक्तिको रगत परीक्षण गर्दै अाएका छन् । स्वास्थ्य टोलीले संक्रमित व्यक्ति फेला परे ७ दिनको औषधी तत्काल दिने र बाँकी ७ दिनका लागि औषधी घरमा लगिदिने भएको छ ।

तपाईको प्रतिक्रिया