ग्याङ फाईटमा गम्भीर घाईते युवकको मृत्यु, कारबाहीको माग गर्दै राजविराजमा प्रदर्शन - Naya Patrika
eNaya Patrika
  • ePaper

ग्याङ फाईटमा गम्भीर घाईते युवकको मृत्यु, कारबाहीको माग गर्दै राजविराजमा प्रदर्शन

दुई समूहबीचको ग्याङ फाईटमा परी गम्भीर घाईते भएका राजविराज नगरपालिकाका १० का २१ वर्षीय छोरा प्रेम यादवको मृत्यु भएको छ ।

गत २३ असोज बिहान राजविराजस्थित तेतरी गाछी चोकमा दुई यूवाहरुको समूहबीच भएको ग्याङ फाईट हुँदा यादव गम्भीरु घाईते भएका थिए । उनलाई खुकुरी, तरबारसहितका घरेलु हतियारबाट प्रहार गरिएको थियो ।

घाईते यादवको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित आफ्न्तले बिहीबार सदरमुकाम राजविराजमा मृतकको शवसहित प्रदर्शनसमेत गरेका हुन् । घटना भएको तीन दिन र एक जनाको मृत्यु भइसक्दा पनि प्रहरीले दोषीहरुलाई पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्तले शवसहित जिल्ला प्रहरी कार्यालय अगाडी केही बेर प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि प्रहरीले दोषीलाई कारबाही गर्ने भनि सम्झाई बुझाई भिडलाई शान्त बनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भावेश रिमालले दुई समुहबीच झडप भएपछि कुटपिटमा संलग्न भएकाहरुको खोजी जारी राखेपनि पक्राउ पर्न नसकेको बताए । दोषी भारततर्फ भागेको हुनसक्ने उल्लेख गर्दै उनले खोजी तीब्र पारिएको बताए ।

तपाईको प्रतिक्रिया