शिक्षा, स्वास्थ्य र यातायातमा विशेष व्यवस्था गर्न सरकारसँग होचा पुड्का नागरिकको माग - Naya Patrika
eNaya Patrika
  • ePaper

शिक्षा, स्वास्थ्य र यातायातमा विशेष व्यवस्था गर्न सरकारसँग होचा पुड्का नागरिकको माग

होचापुड्का नागरिकहरुले शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा विशेष सहायताको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल होचापुड्का संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा विशेष सहायताको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । शारिरिक रुपमा कमजोर रहेका आफूहरुलाई शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा सहुलियत दिएर सरकारले सहयोग गर्नु पर्ने संघका पूर्व अध्यक्ष विष्णुलाल गुरुङले बताए ।

संघले देशभरका होचापुड्का नागरिकहरुको आवश्यक्ता र सरोकारलाई सरकारले चासो नदिएको गुनासो पनि गर्दै आएको छ । पूर्वअध्यक्ष गुरुङले आफूहरुलाई गरिएको आर्थिक सहायता पनि सरकारले कटौति गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

तपाईको प्रतिक्रिया