पत्रकार महासंघमा विद्युतीय पुस्तकालय - Naya Patrika
eNaya Patrika
  • ePaper

पत्रकार महासंघमा विद्युतीय पुस्तकालय

गैरआवासीय नेपाली संघको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विद्युतीय पुस्तकालय र स्रोत केन्द्र स्थापना हुने भएको छ ।

बिहीबार पत्रकार महासंघ र गैरआवासीय नेपाली संघ बीच पुस्तकालय तथा स्रोत केन्द्र स्थापना सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । करिब ३० लाख रुपैंया लागतमा बन्ने पुस्तकालयलाई नेपाल लाइब्रेरी फाउण्डेशनले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।

हस्ताक्षर पछि कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल पत्रकार महासंघसँग पुस्तकालयको माध्यमबाट सहकार्य गर्न पाउँदा गौरवक महसुस गरेको बताए । यस्तै कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पुस्तकालय तथा स्रोत केन्द्रले पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको बताए ।

पुस्तकालयको लागि पत्रकार महासंघले स्थान उपलब्ध गराएको छ भने आन्तरिक संरचना र प्राविधिक काम गैर आवासीय नेपाली संघ र नेपाल लाइब्रेरी फाउण्डेशनले गर्नेछ । पुस्तकालय ३ महिना भित्र ल्याउन सक्नेगरी काम गरिने महासंघले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया