अपराधिक घटनामा सफलता पाउँदै प्रहरी - Naya Patrika
eNaya Patrika
  • ePaper

अपराधिक घटनामा सफलता पाउँदै प्रहरी

जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले अनुसन्धानमा ९३ प्रतिशत सफल भएको दाबी गरेको छ । पछिल्लो तीन महिनामा जिल्लाका अपराधिक घटना अनुसन्धानमा भएको सफलताका आधारमा प्रहरीले यस्तो दाबी गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जिल्लामा चालू आर्थिक वर्षको श्रावणदेखि हालसम्म भएको ३२ वटा अपराधिक घटनामा ९३ प्रतिशत अनुसन्धान सफल रहेको बताए ।

जिल्लाको विभिन्न घटनामा संलग्नमध्ये ५३ जना पक्राउ परेका छन् । जसमा अधिकांश पुर्पक्षका लागि थुनामा रहेका छन् भने केही हिरासतमा रहेको खड्काले बताए ।

अघिल्लो आर्थिक वर्षको तुलनमा यो वर्ष अनुसन्धानमा सफलता भएको डिएसपी खड्काले दाबी गरे । ‘शान्ति सुरक्षा कायम गर्ने र घटना हुना साथ अनुसन्धानमा लागेका छौँ,’ उनले भने, ‘गत तीन महिनामा अनुसन्धानबाट पाएको सफलताले हौसला मिलेको छ ।’

उनले अनुसन्धानमा सफलता पाउनुमा आम नागरिक तथा राजनीतिक दलको महत्वपुर्ण भूमिका रहेका बताए ।

तपाईको प्रतिक्रिया