प्रधानसेनापतिले भने : स‌ंविधान विराेधी विखण्डनकारीकाे गतिविधि नियालेका छौँ - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रधानसेनापतिले भने : स‌ंविधान विराेधी विखण्डनकारीकाे गतिविधि नियालेका छौँ

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधान विरोधी विखण्डनवादी तत्वको गतिविधिलाई सुक्ष्म ढंगले नियालेको बताएका छन् । उनले संविधान विरोधी विखण्डनवादी तत्वले ल्याउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई सेनाले सुक्ष्म ढंगले नियाली रहेको बताएका हुन् ।

बिहिबार सैनिक जंगी अड्डा भद्रकालीमा पत्रकार सम्मेलन गरी थापाले संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता सुनिश्चित गर्नु सेनाको परम कर्तव्य भएको उल्लेख गरेका थिए । यससँगै उनले बिखण्डनकारीलार्इ परास्त गर्न सबैलाई आह्वान गरेका थिए । कार्यक्रममा उनले राष्ट्र निर्माण र विपद् व्यवस्थापनमा सेनाले खेल्दै आएको भूमिका आगामी दिनमा अझै विश्वसनीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

फाइल फोटो

प्रधानसेनापति थापाले सरकारको कानुनसम्मत आदेश र निर्देशनको पालना गर्ने दायित्वबाट विचलित नहुने स्पष्ट पारे । उनले सेनालाई भनसुन, आफन्तवाद र निकटताको प्रभावमा पर्न नदिन पनि सचेत रहेको बताए । उनले सेनालाई वर्तमान र भविष्यको जिम्मेवारी पूरा गर्न सक्ने गरी सुदृढ, सक्षम र सफल संगठनको रुपमा स्थापित गराउन आफू लागि परेको स्मरण गराएका थिए ।

प्रधानसेनापति थापाले गुण, दोष र कार्य क्षमताका आधारमा सेनाका कर्मचारीलाई अवसर दिने प्रणालीको विकास स्थापित गराउन आफूले काम सुरु गरेको जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया