तलब नपाउँदा मुगुका सरकारी कर्मचारी निरास - Naya Patrika
eNaya Patrika
  • ePaper

तलब नपाउँदा मुगुका सरकारी कर्मचारी निरास

मुगुका सरकारी कर्मचारीले तीन महिनादेखि तलब भत्ता नपाउँदा निरास भएका छन् । दसैँ नजिकिदै गर्दा यहाँका आधा दर्जन सरकारी कार्यालयमा कार्यरत करिब सय जना कर्मचारीको तलब पाउने टुंगो नलाग्दा निरास भएका हुन् ।

तलब नपाउनेमा जिल्ला प्राविधिक कार्यालय, खानेपानी, कृषि विकास, पशु, महिला विकास, सिंचाई डिभिजन र स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् । उनीहरुले गत साउन महिनादेखि तलब भत्ता पाउन नसकेको हुन् ।

दसैँ नजिकै गर्दा कर्मचारीले तलब नपाउँदा निरास हुनु पर्ने बाध्य भएका छन् । ‘दसैं आयो तलब पाएका छैनौँ, कसरी घर जाने ?’ छायाँनाथ रारा नगरपालिकास्थित कृषि शाखाका प्राविधिक अधिकृत केबी रोकायाले गुनासो पोखे ।

जिल्लामा आधा दर्जन कार्यालयका कर्मचारीको तलब मन्त्रालयले निकासा गर्न नसक्दा कर्मचारी चिन्तित भएका कोष नियन्त्रक धन प्रसाद पाण्डेयले बताए ।

तलब पाउन नसक्ने कर्मचारीहरुमा जिल्ला प्राविधिक कार्यालयका ८ जना, स्वास्थ्यका १२ जना, खानेपानीका १२, जिल्ला वन कार्यालयका पशुमा १६, महिला विकासमा ५ र सिचाई कार्यालयमा ७ जना लगायतका कर्मचारी रहेका छन् ।

तपाईको प्रतिक्रिया