टिकटकका विजेतालाई ड्रिम गर्लको उपहार - Naya Patrika
eNaya Patrika
  • ePaper

टिकटकका विजेतालाई ड्रिम गर्लको उपहार

फिल्म प्रदर्शनको मिति नजिकिँदै जाँदा ‘ड्रिम गर्ल’ टिमले प्रचारप्रसारलाई तीव्रता दिएको छ । केही दिनअघि ट्रेलर सार्वजनिक गरेको फिल्मले टिकटक म्युजिकल्ली च्यालेन्जका विजेतालाई उपहार प्रदान गरेको छ ।

फिल्म युनिटले केही समयअघि टिकटक म्युजिकल्ली च्यालेन्ज सुरु गरेको थियो । जसको दोस्रो चरणमा शिशिर अर्याल, वन्दना थापा, नीना पाख्रिन, दर्शनकाजी थापा, मनीषा राना, विशालबाबु आचार्य, अभेलिना खड्का, रोश्मी राई, सृजना श्रेष्ठ मगर, अनिशा ड्रिम्स, नेपाली वर्षा र सदीक्षा क्षेत्री विजेता घोषित भए ।

उनीहरूलाई ‘ड्रिम गर्ल’ अर्थात् फिल्मकी हिरोइन आश्मा गिरी, अभिनेता आकाश श्रेष्ठ, निर्देशक ऋषिराज आचार्यलगायतले उपहार प्रदान गरेका थिए । टिकटक च्यालेन्जका लागि ‘ड्रिम गर्ल’का
‘तिम्रो मायामा हराउन थालेको’ र ‘फूल टिपेर चढाएँ’ बोलका दुई गीतका ट्र्याक नेपाल म्युजिकल्ली अफिसियल र आवाज नेपालमा अपलोड गरिएका थिए ।

फिल्म रिलिजको सातासम्मै जारी रहने प्रतियोगिताका फाइनल विजेतालाई फिल्मको फ्री टिकट, ‘ड्रिम गर्ल’ टिमस“ग डिनर डेटका साथै विभिन्न उपहार प्रदान गरिने निर्देशक आचार्यले बताएका छन् । अर्जुन शर्मा, रामेश्वर धिताल र ऋषिराज स्वयं निर्माता रहेको फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी रिल एन्ड रियल सिनेमाले सहकार्य गरेको छ ।

मंसिर ७ गते प्रदर्शन हुने फिल्ममा विल्सनविक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, लक्ष्मी गिरी, अर्जुन श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया