स्रष्टालाई सांगीतिक सम्मान र पुरस्कार - Naya Patrika
eNaya Patrika
  • ePaper

स्रष्टालाई सांगीतिक सम्मान र पुरस्कार

नेपाल सांगीतिक संघले बुधबार राजधानीमा एक कार्यक्रमका बीच राष्ट्रिय विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार– ०७५ प्रदान गरेको छ ।

संस्कृतिमन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भोला जोशीलाई पुष्प नेपाली विशिष्ट सांगीतिक सम्मान, बुलु मुकारुङलाई शिवशंकर मानन्धर सांगीतिक सम्मान, आनन्द कार्कीलाई फत्तेमान राजभण्डारी सांगीतिक सम्मान, रत्नशमशेर थापालाई प्रदीप रिमाल सांगीतिक सम्मान, शम्भुजित बास्कोटालाई लालसमुद्रा बहुप्रतिभाशाली सम्मान तथा नृत्य निर्देशक वेद गुरुङलाई सम्मान प्रदान गरियो ।

ती पुरस्कार जनही २५ हजार नगद राशिका थिए । त्यसैगरी, १५ हजार राशिको मधुबाबु थापा सांगीतिक सम्मान कमल क्षेत्रीलाई प्रदान गरियो भने पत्रकार अनन्त वाग्लेलाई १० हजार नगद राशिको कला पत्रकार राष्ट्रिय सम्मान प्रदान गरियो ।

तपाईको प्रतिक्रिया