च्यासल र मच्छिन्द्र बराबरीमा - Naya Patrika
eNaya Patrika
  • ePaper

च्यासल र मच्छिन्द्र बराबरीमा

सहिदस्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा नवप्रवेशी क्लब च्यासल मच्छिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ । च्यासलका लागि राष्ट्रिय खेलाडी हेमन्त थापामगरले पेनाल्टी गोल मिस गर्दा स्पष्ट ३ अंक गुमेको थियो । खेलको ७५औँ मिनेटमा च्यासलले पेनाल्टीको अवसर पाएको थियो । हेमन्तको पेनाल्टी प्रहारलाई मच्छिन्द्रका गोलरक्षक दीप कार्कीले दायाँ साइडमा डाइभ गरी बचाए ।

प्रशिक्षक राजुकाजी शाक्यले पहिलो खेलमा राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर, हेमन्त तथा देवेन्द्र तामाङलाई पहिलो सेटमै प्रतिस्पर्धा गराएका थिए । गोलरहित बराबरीमा खेल सकिए पनि च्यासल र मच्छिन्द्रबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । पहिलो हाफको सातौँ मिनेटमा च्यासलका विश्व अधिकारीको प्रहार क्रसबारमा लागेको थियो ।

 

तपाईको प्रतिक्रिया