पोम्पेओको चीन भ्रमणको सन्देश - Naya Patrika
eNaya Patrika
  • ePaper

पोम्पेओको चीन भ्रमणको सन्देश

उत्तर कोरियाली मुद्दामा चीनको सहयोग खोजेका पोम्पेओले चीन–अमेरिका सम्बन्धमा आएको खटपट कम गर्ने सम्बन्धमा पनि संवाद गरेका छन्

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तरपूर्वी एसियाको तीनदिने भ्रमण सम्पन्न गरेका छन् । उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणका लागि सहयोग लिन चीन, जपान र दुई कोरियाको औपचारिक भ्रमणमा पोम्पेओ निस्किएका थिए ।

उनको भ्रमणले अमेरिकी गुटराष्ट्र जापान र दक्षिण कोरियासँगको अमेरिकी राणनीतिक सहकार्यलाई सुदृढ गरेको छ भने उत्तर कोरियासँगको संवादलाई प्रोत्साहन गरेको छ । साथै, द्विपक्षीय तथा क्षेत्रीय मुद्दामा चीनसँग पोम्पेओले छलफल गरे ।

Photo: VOA Editorials

मुख्यतया उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणको मुद्दामा अमेरिकी विदेशमन्त्री पोम्पेओको भ्रमण केन्द्रित थियो । आफ्ना गुट सदस्य राष्ट्रलाई मनाउने, उत्तर कोरियालाई मुठीमा लिने र चीनस“ग सहकार्य गर्ने रणनीतिका साथ पोम्पेओ भ्रमणमा निस्किएको देखिन्छ ।

उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणबाट जापान र दक्षिण कोरिया दुवैलाई फाइदा हुने विश्वास अमेरिका दिलाउन चाहन्छ । उत्तर कोरियाको परमाणु निःशस्त्रीकरण सफल बनाउन जापान र दक्षिण कोरियाको पनि समर्थन चाहिने भएकाले यी दुई देशलाई फकाउन अमेरिका तल्लीन छ ।

उत्तरपूर्वी एसियाको भ्रमणपछि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो शिखर वार्ताको आयोजना गर्ने अपेक्षा पोम्पेओको छ । दोस्रो शिखर वार्तामार्फत अमेरिका र उत्तर कोरियाबीचको मतभेद घटाउने विश्वास उनको छ ।

चीन भ्रमणबाट पोम्पेओले उत्तर कोरियाली मुद्दामा चीनको सहयोग खोजेका छन् । उत्तर कोरियाली मुद्दाका अलावा पनि चीन–अमेरिका सम्बन्धमा आएको खटपट कम गर्ने सम्बन्धमा पनि दुई पक्षबीच संवाद भए । वार्ताका क्रममा चीन–अमेरिका बिग्रँदो सम्बन्ध सुधारका लागि अमेरिकाले चीनप्रतिको गलत धारणा हटाउनुपर्ने सुझाब चिनियाँ पक्षको छ ।

पछिल्लो समय चीन–अमेरिका सम्बन्ध निकै कमजोर तथा गम्भीर मोडमा पुगेको छ । दुई देशबीचको सम्बन्ध वास्तवमै सुधार गर्ने हो भने केही महत्वपूर्ण संवाद संयन्त्र अपनाउनुपर्ने हुन्छ । विश्वका दुई ठूला शक्तिराष्ट्र सबै विषय र मुद्दामा सहमत हुन सम्भव छैन । यद्यपि, आपसी सम्मानका आधारमा मतभेद कम गर्न भने पक्कै सम्भव छ ।

पोम्पेओसँगको औपचारिक भेटवार्ता दौरान चिनियाँ पक्षले व्यापार र ताइवान मुद्दामा अडान लि“दै अमेरिकी पक्षसँग कडा रूपमा प्रस्तुत भएको थायो । दुई पक्षबीच साझेदारी हुन सके मात्र द्विपक्षीय मतभेद अन्त्य गर्न सकिने जोड चिनियाँ पक्षको थियो । द्विपक्षीय, क्षेत्रीय वा विश्वस्तरका साझेदारीका लागि आपसी हितलाई केन्द्रमा राखेर दुवै देश अघि बढ्नु अहिलेको आवश्यकता हो ।

विद्यमान द्वन्द्व न्यूनीकरणका लागि दुई देशले आपसी चासोको विषयमाथि छलफल गर्नुपर्छ । अमेरिकी विदेशमन्त्रीले गरेको एउटा छोटो भ्रमणबाटै व्याप्त सबै असमझदारी हटिहाल्ने विश्वास गर्न त सकिन्न । तर, व्यापार, ताइवान र साउथ चाइना सीजस्ता ठूला मुद्दामा देखिएका असमझदारी हटाउने सुरुवाती प्रयास भने दुई देशले गर्न सक्छन् ।

(लेखक चीनको फरेन अफेयर्स युनिभर्सिटीमातहत इन्टरनेसनल सेक्युरिटी स्टडिजका महासचिव हुन्) ग्लोबल टाइम्सबाट

तपाईको प्रतिक्रिया