विश्व बैंकको साढे २३ अर्ब ऋण - Naya Patrika
eNaya Patrika
  • ePaper

विश्व बैंकको साढे २३ अर्ब ऋण

विश्व बैंकले नेपाललाई साढे २३ अर्ब बजेटरी सहयोगस्वरूप ऋण उपलब्ध गराउने भएको छ । नेपालको वित्तीय र ऊर्जा क्षेत्रको महत्वपूर्ण सुधारका लागि २० करोड अमेरिकी डलर ऋणसम्बन्धी सम्झौता नेपाल सरकार र विश्व बैंकबीच भएको हो ।

इन्डोनेसियाको बालीमा जारी विश्व बैंकको वार्षिक बैठकका क्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल निर्देशक चिमियो फानले सम्झौतामा हस्तक्षर गरेका हुन् ।

ऋण सम्झौताका क्रममा अर्थमन्त्री युवराज खतिवडाले वित्तीय क्षेत्र सुधार कार्यक्रमले वित्तीय क्षेत्रको स्थायित्वमा मात्रै होइन, आर्थिक वृद्धिमा पनि उत्प्रेरकको भूमिका निर्वाह गरेको बताए । त्यस्तै पछिल्लो समय जारी ऊर्जा क्षेत्रको सुधारले आगामी दशकमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने मुलुकको महत्वाकांक्षी योजनालाई सहयोग गर्ने पनि उनले बताए ।

यो सम्झौताअनुरूपको पहिलो सहयोग सन् २०१३ देखि जारी वित्तीय क्षेत्र स्थायित्व विकास नीति ऋण (डिपिसी–४) अन्तर्गत खर्च हुनेछ । ११ अर्ब ७० करोड रुपैयाँको सो ऋणले वित्तीय क्षेत्रको कानुनी तथा नियमनकारी सुधार तथा सुरक्षा नेट निर्माणमा खर्च हुने विश्व बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया