टी-ट्वान्टी विश्व कप छनोट : ११ बलमा लक्ष्य पूरा गर्दै नेपालको सानदार जित - Naya Patrika
eNaya Patrika
  • ePaper

टी-ट्वान्टी विश्व कप छनोट : ११ बलमा लक्ष्य पूरा गर्दै नेपालको सानदार जित

टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा चीनविरुद्ध नेपालले एक सय ९ बल बाँकी हुँदा १० विकेटले जितको छ ।

मलेसियाको बायोमास ओभलमा भएको खेलमा टस जितेर चीनलाई ब्याटिङको निम्तो दिएको नेपालले ११ बलमै लक्ष्य पूरा गरेको हो । चीनले १३ ओभरमा सबै विकेट गुमाउँदै २६ रन मात्रै बनाएपछि नेपालले २७ रनको चुनौती पाएको थियो ।

चीनका होङजियाङ यानले ११ रन, डेंची माले ५ रन र सेन जिनफेङले १ रन बनाउनु बाहेक बाँकी सबै ब्याट्सम्यान शून्यमा आउट भए ।

नेपालका लागि म्यान अफ द म्याच सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए भने ४ ओभर गर्दै १ मेडन राखेर ५ रन दिएका बसन्त रेग्मीले ३ विकेट लिए । त्यस्तै, ललित राजवंशीले ३ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिए ।

जवाफि ब्याटिङमा आएको नेपालले २७ रनको लक्ष्य विना विकेटको क्षतीमा ११ बलमै पूरा गर्यो । नेपालका लागि विनोद भण्डारीले ८ बलमा ३ चौका र १ छक्का प्रहार गरेर २४ रन बनाए भने प्रदिप एेरीले  ३ बलमा ४ रन बनाए ।

तपाईको प्रतिक्रिया