किशोरी टिमलाई जनही ५० हजार - Naya Patrika
eNaya Patrika
  • ePaper

किशोरी टिमलाई जनही ५० हजार

अखिल नेपाल फुटबल संघ एन्फाले साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली किशोरी टिमलाई जनही ५० हजार दिने घोषणा गरेको छ । भुटानमा भएको यू–१८ महिला साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग १–० ले पराजित हुँदै उपविजेता बनेको थियो ।

सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो ।

त्यस्तै, एन्फाले सिक्किममा हुने गभर्नर गोल्डकपमा नेपालबाट दुई टिमलाई सहभागी गराउने निर्णय पनि गरेको छ । एन्फाले विभागीय टिम एपिएफ र मनाङ मर्स्याङ्दीलाई गोल्डकपका लागि पठाउने जनाएको छ ।

त्यस्तै, एन्फाले पेस्की फस्र्योटका लागि हरि रायमाझीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिले ३५ दिनभित्र पेस्की फस्र्योटका लागि आवश्यक व्यक्ति र संस्था तय गरेर पत्राचार गर्ने एन्फाले जनाएको छ ।

तपाईको प्रतिक्रिया