दुई सय पर्दामा एकैसाथ छक्का पन्जा–३ प्रदर्शन - Naya Patrika
eNaya Patrika
  • ePaper

दुई सय पर्दामा एकैसाथ छक्का पन्जा–३ प्रदर्शन

प्रतीक्षित फिल्म छक्का पन्जा–३ आजदेखि प्रदर्शन भएको छ । दीपाश्री निरौला निर्देशित फिल्म देशभरका दुई सयभन्दा बढी पर्दामा एकसाथ प्रदर्शन भएको हो ।

एकल प्रदर्शनमा उत्रिएको छक्का पन्जा–३ को सोमबार बुकिङ खुलेको थियो । सो खुलेदेखि नै दर्शकले आक्रामक रूपमा टिकट बुक गरेका थिए । दसैँको अवसरमा बुधबार नै प्रदर्शन गरिएको फिल्ममा दीपकराज गिरी, शिवहरि पौडेल, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसार्इं, बुद्धि तामाङ, विल्सनविक्रम राईलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, सञ्जोग कोइरालालगायत कलाकार अथिति भूमिकामा रहेको फिल्मको निर्मातामा दीपकराज, दीपाश्री, केदार, जितुलगायतको टिम छ ।

शिक्षा क्षेत्रमा हुने गरेका विविध गतिविधि तथा विकृतिलाई प्रमुख कथा बनाइएको बताइने फिल्म छक्का पन्जा र छक्का पन्जा–२ पछि सोही ब्यानरले निर्माण गरेको हो । निर्माता तथा अभिनेता दीपकराज आफूहरूको फिल्मप्रति दर्शकले देखाइएको अपार माया र उत्सुकताप्रति नतमस्तक भएको बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु