यी हुन् अनिद्राका ५ कारण - Naya Patrika
eNaya Patrika
  • ePaper

यी हुन् अनिद्राका ५ कारण

– असन्तुलित भोजन अनिद्राको एउटा कारण हो । त्यसैले  हरेक रात समयमै खाना खाने लक्ष्य बनाउनुस् । कहिले बढी र कहिले कम खाँदा समस्या देखिन सक्छ । त्यसैले ठिक्क खाने गर्नुस् । स्वस्थ खानपिन गर्नुस् ।

– कार्यालयबाट हाकिमले म्यासेज गर्लान् भनेर आफ्नो स्मार्टफोन चेक गर्ने बानी छ भने तत्काल त्याग्नुहोस्  गहिरो सास लिएर सोच्नुहोस्, आजको काम भोलि पनि हुनेछ । सुत्ने समयमा कार्यालयको चिन्ता  गर्नु राम्रो होइन ।

– दिनभरको कामबाट थकान मार्न कक्टेल सेवन गर्नुहुन्छ भने याद राख्नुहोस्, धेरै रक्सी खाँदा तपाईंको निद्रामा असर पर्नेछ । अल्कोहलको सट्टा बरु प्रत्येक स्न्याक्ससँग पानी सेवन गर्नुहोस् ।

– आफूले माया गरेको मानिससँग झगडा गरेर सुत्न जानुहुन्छ भने निद्रा अवश्य पर्दैन, किनकि रिसका साथ आनन्दले सुत्न सकिन्न । धेरै सोच्दा तनाव बढ्छ । तपाईंको शरीरले निद्रा मागिरहेका वेला तपाईं गहिरो सोचमा हुनुहुन्छ भने त्यतिवेला मानसिक रूपमा तपाईं निदाउन सक्नुहुन्न ।

– टिभी हेर्ने बानीले पनि निद्रा पर्दैन । तपाईं ३० मिनेट टिभी हेर्छु भन्दा ३ घण्टा लाग्न सक्छ । कहिलेकाहीँ निश्चित समयको सिरियल हेर्नु अलग विषय रह्यो । तर, बेडरुममा आफ्नो ध्यान भंग गर्ने त्यस्ता आकर्षक सामान सकभर नराख्नुहोस् ।

 -कफी सेवनले तनाव हटाउने भए पनि राति कफी सेवन गर्दा निद्रा लाग्दैन । बरु रातिको समयमा हर्बल चिया वा पानी सेवन गर्दा राम्रो । कफीको स्वाद मिठो भए पनि यसले तपाईंलाई निद्रा नपर्न सक्छ ।

 

तपाईको प्रतिक्रिया