पोलले थिचेर कलाकार संघका अध्यक्ष बोगटीको निधन - Naya Patrika
eNaya Patrika
  • ePaper

पोलले थिचेर कलाकार संघका अध्यक्ष बोगटीको निधन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको असामयिक निधन भएको छ । मंगलबार बिहान टिकाथलीस्थित आफ्नो घर नजिकै रुख काटेको हेर्ने क्रममा बिजुलीको पोलले लागेर उनको निधन भएको हो ।

५८ वर्षीय बोगटी रुख काटेको हेर्न गाडी रोकेर बाहिर निस्किएका थिए । विपरीत दिशातर्फ रुख ढल्दा रुखको हाँगाले ट्रान्समिटर सहितको बिजुलीको पोलमा लाग्दा पोल ढलेर बोगटी टाउको र पेटमा लागेको थियो ।

उपचारका लागि वीएन्डवी अस्पतालमा पुर्‍याएलगत्तै अस्पतालले उनको निधनको पुष्टि गरेको र पोष्र्टमाटमका लागि अहिले पाटन हस्पिटलमा लगिएको चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष नवल खड्काले जानकारी दिए । मृतक बोगटीको एक छोरा अमेरिका र एक छोरी अष्ट्रेलिया तथा एक छाेरा र एक छाेरी नेपालमै छन् । उनीहरु नेपाल फर्किएपछि मात्र बोगटीको दाहसंस्कार गरिने खड्काले बताए ।

तस्बिरः अमुल थापा

तपाईको प्रतिक्रिया