सपनको ‘सुरमै जादु छ’ सार्वजनिक (भिडियो) - Naya Patrika
eNaya Patrika
  • ePaper

सपनको ‘सुरमै जादु छ’ सार्वजनिक (भिडियो)

गायक सपन श्रेष्ठको ‘सुरमै जादु छ’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको छ । श्रेष्ठको आवाज रहेको सो गीतमा गायक कमल खत्रीको शब्द, रचना तथा संगीत छ ।

खत्रीको प्रमुख आतिथ्यतामा इटहरी स्थित कुण्डलिनिमा एक कार्यक्रम बीच भिडियो सार्वजनिक गरिएको हो । शुत्र इन्टरटेनमेन्ट स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको सो गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । भिडियो डिजिटल डिथ्री टिभिबाट सार्वजनिक गरिएको हो ।

पवन सुस्लिङको निर्देशन, सञ्चारकर्मी सुवास संकल्पको सहायक निर्देशन रहेको सो भिडियोमा सोहम गुरागाई र सिम्पल खरेल फिचरिङ छन् । गोठाटार तथा आसपासका क्षेत्रमा छायाँकन गरिएको भिडियो सुस्लिङले नै खिचेका छन् । द मोन्टाजका सुस्लिङले नै भिडियो सम्पादन गरेका छन् ।

उनी यस अगाडि ट्याक्टरमा लेभर काम गर्दै आएका थिए । इच्छा र चाहाना हुँदाहुँदा पनै आर्थिक समस्याले सांगितिक क्षेत्रमा उनी आउन सकेका थिएनन् । श्रेष्ठलाई डिथ्री अनलाइनका सुवास संकल्पले अगुवाइ गर्दै युट्युब, सामाजिक सञ्जाल र सञ्चारमाध्य मार्फत उनको क्षमतालाई भिडियोमा ल्याइएको हो । आर्थिक अवस्था कमजोर भएकाले गीत रेकर्ड र भिडियो निर्माणमा उनलाई स्वदेश तथा विदेशबाट सहयोग समेत प्राप्त भएको थियो ।

तपाईको प्रतिक्रिया