नयाँ गीतमा प्रियंका - Naya Patrika
eNaya Patrika
  • ePaper

नयाँ गीतमा प्रियंका

अभिनेत्री प्रियंका कार्की र अभिनेता पुष्पल खड्का ‘दिल टुटेभन्दा बढ्ता’ बोलको गीतको भिडियोमा देखिएका छन् । सुरज मानन्धरले गाएको गीत आनन्द अधिकारीले लेखेका हुन् भने संगीत भने हरि लम्सालको छ ।

 

चलचित्रको निर्देशन गर्दै आएका निकेश खड्काले निर्देशन गरेको भिडियो बुद्ध थापाले छायांकन गरेका हुन् । भिडियो सम्पादन विकास धमलाले गरेका हुन् । गायक मानन्धरले यसअघि ‘तिमी मान या नमान’, ‘तिम्रो अँगालोमा’लगायत गीत गाएका छन् ।

तपाईको प्रतिक्रिया