आभा काव्य लहर सम्पन्न - Naya Patrika
eNaya Patrika
  • ePaper

आभा काव्य लहर सम्पन्न

‘पठन संस्कृतिको विकास, सिर्जनशीलताको अभ्यास’ भन्ने उद्देश्यका साथ ‘आभा काव्य लहर २’ कार्यक्रम सम्पन्न भएको छ । आभा फर क्रियटिभिटीले सर्वनाम थिएटरमा गरेको कार्यक्रममा गजल विशेषअन्तर्गत पाँचजना गजलकारले २५ वटा गजल सुनाएका थिए । गजलकार एमपी केयरलेस, हुकुम धड्कन, सुमन स्मारिका, ईश्वर दाहाल र ठाकुर चुरेले पाँच/पाँचवटा गजल प्रस्तुत गरेका थिए ।

कलाका विभिन्न पाटो साहित्य, चित्रकला, पर्फर्मेन्स आर्ट, संगीत तथा जनचेतनामूलक काम गरिरहेको संस्थाले असारदेखि ‘आभा काव्य लहर’ शीर्षकको काव्यशृंखला सुरु गरेको हो । कार्यक्रम हरेक तीन महिनामा आयोजना हुने गरेको संयोजक राजु झल्लु प्रसादले बताए ।

तपाईको प्रतिक्रिया