गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई विदेश भ्रमणमा जान केन्द्र सरकारको स्वीकृति - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई विदेश भ्रमणमा जान केन्द्र सरकारको स्वीकृति

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । शुक्रबार बसेको बैठकले नेपाल एयरलाइन्ससँग सम्वन्धित संशोधित विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराउँदै पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीले नेपाल एयरलाइन्ससँग सम्बन्धित रहेका ‘केही नेपाल ऐन’ संशोधन गरी संसद्मा पेश गर्नेबारे सबैभन्दा बढी बैठकमा छलफल भएको बताए ।

उनले प्रहरीको पाँचौँ नियमावली, स्वास्थ्य नियमावली संशोधन पनि बैठकले स्वीकृत गरेको बताए । कर्णाली र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विदेश भ्रमणमा जान केन्द्र सरकारले स्विकृति प्रदान गरेको मन्त्री अधिकारीले बताए ।

नेपाल वायुसेवा निगमका सञ्चालक समितिका सचिवलाई हटाएर वायुसेवा निगमको मूल समितिको सदस्यमा मदन खरेललाई नियुक्त पनि गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया