खोलाले बगाएर एकको मृन्यु - Naya Patrika
eNaya Patrika
  • ePaper

खोलाले बगाएर एकको मृन्यु

प्युठानमा खोलाले बगाएर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा गौमुखी गाउँपालिका, २ अर्खाका ३० वर्षीय कमल बुढा मगर रहेका छन् । नुहाउने क्रममा उनलार्इ बगाएको प्रहरीले जानकारी दिएकाे छ ।

बिहान खाना खाएर नुहाउन हिडेका उनी अबेरसम्म नफर्केपछि उनका भाइले खोजी गर्दा झिमरुक खोलाको बिछ देउरालीमा मृत फेला परेका थिए । एक हप्ताअगाडि कामको खोजीमा मरन्ठाना आएका उनी मजदुर काम गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया