दोेषी पत्ता नलाग्दा सबैभन्दा चिन्तित छु – गृहमन्त्री बादल - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

दोेषी पत्ता नलाग्दा सबैभन्दा चिन्तित छु – गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पहिचान हुन नसक्दा चिन्तित भएको बताएका छन् । निर्मलाकी बुबाआमा गृहमन्त्रालय पुग्दा उनले भने, ‘दोषीलाई कठघारमा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला ।’

गृहमन्त्री थापाले निर्मलाको हत्यारा नजिक पुिगसकेको बताउँदै दोषीलाई कठघारमा ल्याएर छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘घटनामा सुरुदेखि नै अनुसन्धान गर्न निर्देशन दियौँ, केन्द्रबाट सिआइबी टोली पठायौं, उच्चस्तरीय छानबिन समिति गठन गरियो, छुट्टै ढंगले पनि अनुसन्धान भइरहेको छ ।’

घटनामा जिम्मेवार निकायबाट भएका लापरबाहीलाई छुट नदिने गृहमन्त्रीले स्पष्ट पारेका छन् । दोषी पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै परिवारको साथ लिएर अध्ययन गर्ने बताए ।

निर्मलाकी बुबाआमाले प्रहरीको राम्रो साथ नपाएको गुनासो गर्दै छिटो अपराधी पत्ता लगाइदिन गृहमन्त्रीलाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया