निर्मलाको न्यायका निम्ति ट्वीट कविता : सरकारको कान, मुटु र दिमाग नहुँदो रहेछ - Naya Patrika
eNaya Patrika
  • ePaper

निर्मलाको न्यायका निम्ति ट्वीट कविता : सरकारको कान, मुटु र दिमाग नहुँदो रहेछ

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ताले ‘क्याफे कविता’ अभियान सुरु गरेका छन् । शुक्रबार साँझ उनीहरुले आफ्नो ट्वीटरको टाइमलाइनमा कविता लेखेर दोषिलाई कारबाहीको माग गरेका हुन् ।

स्वतस्फुर्त रुपमा सामाजिक सञ्जाल प्रयोगकर्ताले केहि समय यता ‘निर्मलाका निम्ति न्याय’ अभियान सुरु गरेका छन् । उनीहरुले केहि हप्ताअघि माइतिघर मण्डलामा विरोध र्‍याली, ‘कार्टुन एण्ड क्यान्डल’, वसन्तपुर डबलीमा पेन्टिङ प्रदर्शनी र नाटक लगायतका कार्यक्रम गरिसकेका छन् । उनीहरुले शनिबार दिउँसो १ बजे माइतिघर मण्डला लगायत देशका विभिन्न २० भन्दा बढि स्थानमा विरोध कार्यक्रमको आयोजना गर्ने भएका छन् ।
ट्वीटरमा लेखिएका केहि कविताहरु

तपाईको प्रतिक्रिया