कैलालीमा दुर्घटना हुँदा दुर्इकाे मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

कैलालीमा दुर्घटना हुँदा दुर्इकाे मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत लम्की चुहा–३ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट धनगढी आउँदै गरेको से १ ख ११८१ नम्बरको बसले साइकल चलाइरहेका १२ वर्षीय अनिल वादीलाइ ठक्कर दिँदा उनको मृत्यु भएको हो । यस्तै, बसमा सवार करिब ३७ वर्षीय पसरुन तामाङको पनि मृत्यु भएको छ ।

घटनामा बसका चार जना यात्रु घाइते भएका छन् । उनीहरुको उपचारका लागि कोहलपुर लगिएको प्रहरीले जनाएको छ । मृतकको शव टीकापुर अस्पतालमा ल्याइएको छ । मृतक तामाङको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया