सुन तस्करी प्रकरण : निलम्बित एसएसपी लोहनीलाई थुना मुक्त्त गर्न उच्च अदालतको आदेश - Naya Patrika
eNaya Patrika
  • ePaper

सुन तस्करी प्रकरण : निलम्बित एसएसपी लोहनीलाई थुना मुक्त्त गर्न उच्च अदालतको आदेश

आदेश उल्टाउन माग गर्दै निबेदन दिने अभियुक्त्तहरु मध्ये निलम्बित एसएसपी दिवेश लोहनीलाई थुना मुक्त्त गर्न उच्च अदालतले अन्तिम आदेश गरेको छ ।

२९ भदौमा उच्च अदालत बिराटनगरका न्यायधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त्त ईजलासले जिल्ला अदालत मोरगको ८ जेठको आदेश उल्टाउँदै अभियुक्त्त लोहनीलाई तारेखमा रहेर पुर्पक्ष गर्न दिन अन्तिम आदेश गरेको हो ।

उच्च अदालत बिराटनगरले सुन तस्करी र शनम शाक्य हत्या आरोपमा निलम्बित डिएसपी सञ्जयबहादुर राउत सहित १० जनालाई थुनामै राखेर पुर्पक्ष गर्न अन्तिम आदेश गरिसेकको छ । थुनामा रहेर आदेश उल्टाउन निवेदन गर्ने २३ जना अभियुक्त्तहरुको हकमा अझै सुनवाई हुन बाँकी छ ।

जिल्ला अदालतको आदेश उल्टाउन निवेदन गर्ने अभियुक्त्तहरु मध्ये चुँडामणी उप्रेती (गोरे)का सहयोगी लाक्पा शेर्पा, टेकराज मल्ल सहित एयरलायन्स कर्मचारी तुलाराम थारु, पुण्यप्रसाद लामा, सुन कारोवारी महाबिरप्रसाद गोल्यान सहित हेमन्त गौतम र राजन थापा, सम्बिरप्रसाद तोलाङगे र राजनकुमारको हकमा पनि उच्च अदालत बिराटनगरले जिल्ला अदालतकै आदेश सदर गर्दै कानुन बमोजिम गर्न अन्तिम आदेश गरिसकेको छ । अन्तिम आदेश हुन बाँकी रहेका २३ अभियुक्त्तहरुमा पुर्व डिआईजी गोबिन्दप्रसाद निरौला, निलम्बित एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायत छन् ।

यिनका हकमा आदेश उल्टाइयो

यस्तै जिल्ला अदालतले तारेखमा छाडेका एसएपी श्याम खत्रीका ड्राइभर र अंगरक्षकलाई पुन थुनामा राख्न आदेश गरिसकेको छ । उनिहरुलाई जिल्ला अदालत मोरङले जवान बिष्णुबहादुरलाई १५ हजार धरौटी र हवल्दार अम्मरबहादुरलाई सादा तारेखमा रहेर पुर्पक्ष गर्न पाउने गरि छाडेको थियो ।

८ जेठदेखी अभियुक्त्तहरु थुनामा
मोरङ अदालतका न्यायधीश नारायणप्रसाद शर्माको ईजलासले पहिलो पटक ८ जेठ २०७५ मा ३० अभियुक्तमध्ये २८ जनालाई र त्यसपछि बिभिन्न मितिमा ६ जना र १३ भदौमा ५ गरि जम्मा ३९ जनालाई थुनामा राखेर पुर्पक्ष गर्नकालागि कारागार पठाउन आदेश गरेको थियो । हालसम्म ५ भदौमा पुर्पक्षमा भएका ५ सुन कारोवारी र मुख्य अभियुक्त्त गोरे बाहेक सबैले जिल्लाको आदेश बेरितको भन्दै रितपुर्वकको आदेश माग गदैे उच्च अदालत बिराटनगरमा निवेदन दिईसकेका छन् ।

तपाईको प्रतिक्रिया