भक्तपुरमा दुर्इ बलात्कारका घटना अाराेपी पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

भक्तपुरमा दुर्इ बलात्कारका घटना अाराेपी पक्राउ

भक्तपुरमा युवतीलार्इ बलात्कार गर्ने र बालिकालार्इ बलात्कारको प्रयास गर्ने दुई जनालार्इ पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

घटनामा सोह्र वर्षीय युवतीलाई कोठामा गएर बलात्कार गरेको अभियोगमा प्रहरीले चाँगुनारायण नगरपालिका-३ बागेश्वरी घर भई हाल सूर्यविनायक-२ बालकोट रागिनीहाइट बस्ने १९ वर्षीय रञ्जित परियारलाई पक्राउ गरेको छ ।

पीडित युवतीका परिवारले गत २७ गते बलात्कार गरेको किटानी जाहेरी दिएपछि महानगरीय प्रहरीवृत्त ठिमीले परियारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

त्यसैगरी, १० वर्षीया बालिकालाई जबर्जस्ती यौन सम्पर्क गर्न खोजेको अभियोगमा सप्तरी बेलिपेचना गाउँपालिका-२ घर भई हाल चाँगुनारायण नगरपालिका-२ दुवाकोट तल्लो हाइट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरेलले भदौ २७ गते आफ्नै स्टेशनरी पसलमा आएकी बालिकालाई पसलभित्र लगेर जबर्जस्ती यौन सम्पर्क गर्न खोजेको भन्दै किटानी जाहेरी परेपछि पक्राउ गरी महानगरीय प्रहरीवृत्त ठिमीले अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिएका छन् ।

दुवै पीडित बालिकाहरुको २७ गते नै शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया