‘सेवा दिवस’का रुपमा मोदीको जन्मदिन मनाउने तयारी - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

‘सेवा दिवस’का रुपमा मोदीको जन्मदिन मनाउने तयारी

सेप्टेम्बर १७ तारिख दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मोत्सवलाई भारतीय जनता पार्टी (भाजपा)ले देशभरि ‘सेवा दिवस’का रुपमा मनाउने तयारी गरिएको जनाएको छ ।

उनको जन्मोत्सवका अवसरमा पार्टी नेताहरूले सरसफाई, रक्तदानलगायतका विभिन्न सामाजिक सेवाका कार्यक्रमहरूको आयोजना गरेका छन् । प्रधानमन्त्री मोदीले भने ६८ औँ जन्मोत्सव आफ्नो निर्वाचन क्षेत्रमा पर्ने वाराणासीमा मतदाता र सुभेच्छुक तथा इष्टमित्रसँग मनाउने योजना बनाएका छन् ।

श्रोतका अनुसार प्रधानमन्त्री मोदीले वाराणासीमा रहेका बेला जन्मोत्सवको दिन स्थानीय एक विद्यालयका बालबच्चाहरूसँग केक काट्नेछन् । त्यसपछि उनले करोडौँ रुपैयाँका विकास आयोजनाह घोषणा गर्ने छन् ।

प्रधानमन्त्री मोदीले चक्रपथ बनाउने, महिलाका लागि सेवा प्रदान गर्ने दुई अस्पतालको शिलान्यास गर्नेलगायत कार्यक्रमहरू रहेका छन् । ती प्रत्येक कार्यक्रमका लागि २० करोड भारतीय रुपैयाँ छुट्याइने भएको छ ।

श्रोतले जनाएअनुसार प्रधानमन्त्री मोदीले झण्डै ६ सय करोडको लगानीमा बन्ने क्यान्सर अस्पतालको समेत शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । वारणासी भ्रमणमा उनले काशी विश्वनाथ मन्दिरको भ्रमण गर्ने भएका छन् भने बनारस हिन्दु विश्वविद्यालयमा सम्बोधन गर्ने छन् ।

तपाईको प्रतिक्रिया