कपुरथान बनाउने रकम गरिब तथा जेहेन्दार विद्यार्थीलाई   - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

कपुरथान बनाउने रकम गरिब तथा जेहेन्दार विद्यार्थीलाई  

मृत्यु पश्चात कपुरथान बनाउने गरेका आदिवासी समुदायहरुले अहिले सो रकम सामाजिक काममा खर्च गर्न थालेका छन् । राई, लिम्बु, गुरुङ जातिले कपुरथान बनाउन गरिने खर्च पछिल्लो समय वृक्षारोपण तथा सामाजिक काममा प्रयोग गर्न थालेका हुन् ।

बेलबारी ४ की स्थानीय लिलादेवी राईले आफ्नो श्रीमानको नाममा कपुरथान निर्माण गर्ने खर्च कटाएर कसेनी माध्यमिक विद्यालयका २५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेकी छिन् ।

मृतक श्रीमानको नाममा कपुरथान बनाएर जंगलमा सिमित बनाउनुभन्दा वडाका अध्यक्षको सल्लाह बमोजिम विद्यार्थीलाई पोशाक वितरण गरेको लिलाले बताइन् ।

बेलबारी नगरपालिकाले केही वर्ष अघि मात्रै कंक्रीट चिहान नवनाई समाधी गरीएको स्थानमा बृक्षारोपण गर्ने निर्णय गरेको थियो । नगरपालिकाले हरितनगरी नगरको अवधारणा ल्याएर कंक्रीट चिहानको सट्टा वृक्षारोपण गर्ने निर्णय गरेको हो । उक्त निर्णयको आदिवासी समुदायलेसमेत स्वागत गरेको थिए ।

तपाईको प्रतिक्रिया