पहिरोले लमजुङ-मनाङ सडक अवरुद्ध - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

पहिरोले लमजुङ-मनाङ सडक अवरुद्ध

पहिरोले लमजुङ–मनाङ सडक खण्ड अवरुद्ध भएको छ । बेँशीसहरदेखि मनाङ सीमाना च्याम्चेसम्म दर्जनौँ पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोले सडकमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

पहिरोले बेँसीसहर–६ खरखरे, मस्र्याङदी–३ अर्खले, मर्स्याङ्दी–४ घोप्टे भीर लगायतका ठाउँमा पहिरोले क्षति पु¥याएको स्थानीय नरबहादुर गुरुङले बताए । बिहीबार बिहानैदेखि सडक खुलाउने प्रयास गरिएता पनि सडक सुरु हुने सकेको छैन ।

सडक अवरुद्ध हुँदा स्थानीय तथा पर्यटक समस्यामा परेका छन् । ‘बिहीबार बिहानैबाट सडक डिभिजिन कार्यालय दमौलीले सडक खुलाउने प्रयास गरिरहेको छ । तर ठूलो पहिरो खसेकाले सडक सुरु गर्न सकिएको छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए ।

तपाईको प्रतिक्रिया