१७ वर्षदेखी छात्रवृत्ति तथा शैक्षिक सामाग्री सहयोग - Naya Patrika
eNaya Patrika
  • ePaper

१७ वर्षदेखी छात्रवृत्ति तथा शैक्षिक सामाग्री सहयोग

समाजसेवी तथा उद्योगी दिनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयलाई १७ वर्षदेखी निरन्तर छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान गर्दै आएका छन् ।

गत वर्षहरु झै यस वर्ष पनि उनले बालदिवसको अवसरमा सो विद्यालयका ७० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति नगद सहित विद्यालयलाई दुई थान कमप्युर प्रदान गरे ।

उनले बुहारी सुमनदेवी गोयल छात्रवृत्ति कोषबाट कक्षा ९ र १० मा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई तीन हजार रुपैंयाका दरले र कक्षा ११, १२ मा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई ४ हजारका दरले छात्रवृत्ति प्रदान गरेका हुन् । सोही अवसरमा दुई थान कम्प्युटर गोयलले बिद्यालयका प्राचार्य धर्मानन्द खरेललाई हस्तान्तरण गरे ।

गोयलले बुहारी सुमनदेवी गोयलको स्मृतिमा १७ वर्ष अगाडि छात्रवृृत्ति कोष स्थापना गरेका हुन् ।

बालदिवसको अवसरमै सोही कार्यक्रममा सरकारले प्रदान गरेको रामनारायण मिश्र छात्रवृति कोषबाट कक्षा ११ र १२ मा अध्यनरत ३२ जना बिद्यार्थीलाई जनही ३ हजार रुपैंयाका दरले नगद छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यालयले प्रदान गर्दै कक्षा ६ देखी १० सम्म प्रथम, दोस्रो र तेस्रो हुने बिद्यार्थीहरुलाई व्यवस्थापन समिति अध्यक्ष कुलचन्द्र वस्ती, शिक्षक अभिभावक संघका अध्यक्ष गणेश लम्साल र प्राचार्य धर्मानन्द खरेलले बितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया