न्याम्सको उपकुलपति बिवाद : सिफारीस भएका ६ मध्ये ५ जना बिरोधमा - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

न्याम्सको उपकुलपति बिवाद : सिफारीस भएका ६ मध्ये ५ जना बिरोधमा

सरकारको एक मात्रै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति नियुक्तिमा चरम बिवाद देखिएको छ । न्याम्स भन्दा बाहिरबाट उपकुलपति बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको योजना देखेपछि उपकुलपति नियुक्तिमा बिवाद बढेको हो ।

योग्य, क्षमतावान र बिवादरहित व्यक्तिलाई उपकुलपति नियुक्तिमा सिफारीस नगरे पछि न्याम्सका प्राध्यापक चिकित्सकहरु बिरोधमा उत्रिएका छन् । उनीहरुको बिरोधलाई न्याम्स अन्तर्गतका सरकारी चिकित्सक संघलगायत बिभिन्न संघ संगठनले साथ दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले न्याम्स भित्रबाट उपकुलपति बनाउने विगतको परम्परा तोड्दै आफु अनुकुल व्यक्तिलाई राजनीतिक आस्थामा उपकुलपति बनाउन खोजेको भन्दै न्याम्सका प्राध्यापकहरुले मन्त्री यादवलाई खवरदारी गरेका छन् । न्याम्सको उपकुलपति बन्ने सम्भावित व्यक्तिलाई हटाएर कमजोर व्यक्तिलाई ६ जना भित्र सिफारीस गरेपछि बिवाद सुरु भएको हो ।

डा.डिएन शाह बनाउने मन्त्रीको साेच 
स्वास्थ्य मन्त्री यादवले न्याम्स भन्दा बाहिरका डा. डिएन शाहलाई न्याम्सको ताला चाबी सुम्पिन लागेको सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए । मन्त्रालयले न्याम्स भन्दा बाहिरको व्यक्तिलाई पनि उपकुलपति बनाउन सकिने उदेश्यले उपकुलपतिका लागि सुचना आवह्वान गरेको थियो । मन्त्रीका छोरा अर्मिन्द्र यादवका अनुसार अन्य ६ जनामा डिएन शाह भन्दा सिनियर व्यक्ति अरु नरहेको, शाह शिक्षण अस्पतालका पुर्व चिकित्सक रहेका र हाल ग्राण्डी अस्पतालमा आवद्ध भएका व्यक्ति हुन् ।

उपकुलपतिमा सिफारीस ५ जना बिरोधमा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सिफारिस गर्न गठित समितिले पहिलो चरणमा ६ जना चिकित्सकको नाम छनौट गरिसकेको छ । उपकूलपति बन्न २२ जनाले निवेदन दिएका थिए, जसमा ६ जनाको नाम छनौट भएको छ । तर, छनोट भएका ६ जना मध्ये ५ जना बिरोधमा निस्किएका छन् । समितिका सदस्य एवं स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा र मन्त्री यादवले छानेका ६ जना मध्ये डिएन शाह बाहेक सबैले उपकुलपति नियुक्ति प्रक्रिया गलत भएको बताएका छन् । प्रा.डा ढुण्डिराज पौडेलले उपकूलपतिमा बाहिरबाट मानिस ल्याएर न्याम्सलाई ध्वस्त पार्न खोजिएको आरोप लगाएका छन् । पौडेल उपकुलपतिका लागि छनोट भएका व्यक्ति हुन् ।

त्यस्तै प्रा.डा विधाननिधि पौडेलले पनि न्याम्सका चिकित्सकको मनोबल गिराउन बाहिरको व्यक्ति घुसाउन लागेको बताए । डिएन शाह उपकुलपतिमा नियुक्ति भएमा बिरोध स्वरुप न्याम्सका सबै प्राध्यापकहरुले काम रोक्ने भएका छन् । प्रा.डा श्रीकृष्ण गिरी, प्रा.डा गणेश गुरुङ, प्रा. डा बुलन्द थापा, प्रा.डा. स्वयंप्रकाश पण्डित, प्रा.डा. अनिलकुमार मिश्रलगायतका चिकित्सक पहिलो चरणबाटै बाहिरिएका छन् । उनीहरु बाहिरिएपछि उपकुलपति सिफारीसमा परेकाहरुले पनि डिएन शाह बनाउन मन्त्रीले रणनीति बनाएको भन्दै बिरोध गरेका हुन् ।

उपकुलपति सिफारिसमा को को परे ६ जना
प्रा.ढुन्डिराज पौडेल
प्रा.डा विधानिधि पौडेल
प्रा.डा. अजित रायमाझि
डा.डिएन शाह
प्रा.डा.विश्वनाथ यादव
प्रा.डा गेहनाथ बराल

तपाईको प्रतिक्रिया