बलात्कारपछि हत्या भएकी निर्मलाका परिवारलाई न्याय दिन माग राख्दै नयाँ शक्तिको प्रदर्शन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

बलात्कारपछि हत्या भएकी निर्मलाका परिवारलाई न्याय दिन माग राख्दै नयाँ शक्तिको प्रदर्शन

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले बढ्दो हिंसा, हत्या र बलात्कार जस्ता अपराधमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग राख्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।

पार्टीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त लगायतका पीडित परिवारलाई न्याय दिन माग गर्दै शुक्रबार काठमाडौंस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रर्दशन गरेको हो ।

बढ्दो हत्या, हिंसा र बलात्कारमा संलग्न अपराधीलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्न सडक आन्दोलन गर्नु परेको पार्टीकी नेतृ दुर्गा सोबले बताए । प्रर्दशनीमा जघन्य अपराधको घटना हुन नदिन प्रभावकारी कदम चाल्न नसकेको भन्दै नाराबाजी गरिएको थियो ।

तपाईको प्रतिक्रिया