अमेरिकासँग लडाकू विमान र क्षेप्यास्त्र खरिद गर्न दक्षिण काेरिया तयार - Naya Patrika
eNaya Patrika
  • ePaper

अमेरिकासँग लडाकू विमान र क्षेप्यास्त्र खरिद गर्न दक्षिण काेरिया तयार

संयुक्तराज्य अमेरिकाले दक्षिण कोरियालाई बिक्री गर्न लागेको दुई अर्ब ६० करोड डलरमा नयाँ लडाकू विमान र क्षेप्यास्त्र बिक्रीलाई स्वीकृति दिएको छ ।

प्रतिसुरक्षा सहयोग एजेन्सीको वक्तव्यमा दक्षिण कोरियालाई छ वटा पोसीडान लडाकू बिमान दुई अर्ब १० करोड डलरमा बिक्री गर्न लागिएको छ । साथै, करिब ५० करोड १० लाख मूल्यमा ६४ वटा प्याट्रिओट क्षेप्यास्त्र र त्यससँग सम्बन्धित अन्य उपकरण बिक्री गर्न स्वीकृति दिइएको छ ।

अमेरिकी कांग्रेसले उक्त सौदाबाजीमा विमती जनाउन वा रद्द गर्न सक्दछ तर सिओल र वासिङ्टनबीचको प्रगाढ सम्बन्धले सम्झौतामा कुनै परिवर्तन हुने सम्भावना छैन ।

पी–८ए सिरिजको बोइङले निर्माण गरेका यी लडाकू जहाज खासगरी जासुसी र हवाई प्रत्याक्रमणमा प्रयोग हुनेछन् । दुर्इ देशको वार्ता हुन लागेको यो सौदाबाजीले उत्तर कोरियामाथि दबाब सिर्जना गर्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया