कार सफा राख्ने तरिका - Naya Patrika
eNaya Patrika
  • ePaper

कार सफा राख्ने तरिका

महँगो मूल्य हालेर खरिद गरेको कार सधैँ सफा र टिलिक्क टल्कने होस् भन्ने सबैको चाहना हुन्छ । त्यसका लागि सबै प्रकारबाट खराब पक्षबाट कारलाई जोगाइराख्नुपर्छ । यहाँ केही उपायबारे जानकारी दिइएको छ ।

सामान्यतया कारलाई नियमित रूपमा प्रत्येक २ हप्तामा (ग्रामीण क्षेत्रमा) र सहरी क्षेत्रमा (१ हप्तामा) धुने गर्नुपर्छ । तीन–चार महिनाको अन्तरालमा चेकजाँच पनि गराइरहनुपर्छ ।

गाडी यात्राको साधन मात्रै होइन, घरजस्तै सुरक्षित हुन्छ । त्यसैले भित्र र बाहिर नियमित सफा गर्नुपर्छ ।

सफा गर्दा नुनिलो वस्तुको  प्रयोग गर्नुहुँदैन ।

कारको तल्लो भागमा सबैभन्दा बढी धुलो, माटो जमेको हुन्छ । सो भागलाई नियमित सफा गर्न सकियो भने सुरक्षित राख्न मद्दत मिल्छ ।

कार धोएपछि तुरुन्त पुछेर सुक्खा गर्नुपर्छ । गाडीभित्र थोरै पनि पानी जम्न दिनुहुँदैन ।

नियमित रूपमा कार कभरले छोपेर राख्नु उत्तम मानिन्छ । धुवाँ, धुलोसँगै तापक्रमबाट हुने नोक्सानीलाई समेत कभरले सुरक्षा प्रदान गर्छ ।

तपाईको प्रतिक्रिया