मुख स्वास्थ्यमा ध्यान नदिँदा क्यान्सर - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

मुख स्वास्थ्यमा ध्यान नदिँदा क्यान्सर

समयमा परीक्षण  नगर्दा समस्या
मुखमा समस्या आएको लामो समयपछि स्वास्थ्य परीक्षण गर्न आउनेको संख्या धेरै छ । त्यो समय धेरै ढिला भइसकेको अवस्थामा सर्जरी गर्नुपर्ने हुन्छ । सर्जरी गर्नुभन्दा अगाडि उनीहरूको समस्या धेरै पुरानो भएको हुन्छ । ढिला जाँचका लागि आउने भएका कारण बिरामीलाई यस्तो समस्याबाट बचाउन धेरै गाह्रो  हुने गर्छ ।

डा. नीरज पन्त दन्तचिकित्सक नेपाल मेडिकल कलेज

बढ्दो मुख क्यान्सर रोक्ने उद्देश्यसहित प्रत्येक नागरिकले यसबारे जानकारी पाउने गरी राज्यले सुसुचित गराउनुको विकल्प छैन । राज्यले सही रूपमा प्रचार–प्रसार गरेको खण्डमा मुख क्यान्सरमा देखा पर्ने समस्या समाधान हुन्छ ।

नेपाल सरकारको दन्तसम्बन्धी हेर्ने फोकल पर्सन सक्रिय रूपमा खटेको अवस्था छैन । उनीहरूलाई गाउँ–गाउँमा परिचालन गरेको अवस्थामा समस्या समाधानमा सहजता हुन सक्छ ।

सार्वजनिक स्थानमा धूमपान तथा मद्यपान गरेका मानिसमाथि सरकारले कारबाही गर्नु आवश्यक छ । नियम बनाउने, तर कार्यान्वयनमा ल्याउन नसक्नुले पनि स्वास्थ्यमा समस्या थपिँदै गएको देखिन्छ ।

मुख स्वस्थ नहुँदा क्यान्सर  हाम्रो ब्रस गर्ने शैलीमा परिवर्तन
हुन आवश्यक छ । हामी ब्रस गर्छौं, तर त्यसको तरिकाबारे केही  जानकारी राख्दैनौँ ।

ब्रस गरेको खण्डमा हामीले खाएको स्वस्थ खाना शरीरभित्र प्रवेश गर्ने हुन्छ । कतिपयको ब्रस गर्ने बानी छैन भने कतिपय हतारले गर्दा ब्रससमेत नगरी खानेकुराको सेवन गरिरहेका हुन्छन् । यस्तो गर्नु मुख स्वास्थ्यका हिसाबले राम्रो मानिँदैन ।

कस्तो कुरा खाने, कस्तो नखाने भन्ने कुरामा हामी निश्चय हुन सकेका छैनौँ । आफूलाई जे खान मन लागेको छ, खाने र दाँतलाई सफा राख्न नसक्दा मुख क्यान्सरका रोगी बढिरहेका छन् ।

दाँतको सुरक्षा कसरी गर्ने भन्नेमा पनि सोच्नुपर्ने हुन्छ । दाँत सुरक्षित रहेको अवस्थामा मात्रै हामीले सेवन गरेका खानेकुरा राम्रोसँग चपाएर  खान सक्छौँ । राम्रोसँग चपाएर ननिलेको अवस्थामा यसले मानिसलाई कुपोषणको जोखिमतर्फ लैजाने गर्छ ।

मुखको क्यान्सर  भएको थाहा पाउन
सामान्यतया मुखको क्यान्सर चुरोट, खैनी, पान परागजस्ता वस्तुको प्रयोगले हुने गरेको पाइएको छ । मुखको क्यान्सर भएको व्यक्तिको गाला, गिजाको भाग बिस्तारै टाइट हुँदै जान्छ । मुखको साइज बिस्तारै सानो हुँदै जाने गर्छ । यसबाट मलाई मुखको क्यान्सर भइसकेको हो कि हुन लागेको हो भनेर शंका गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा जिब्रोमा समेत क्यान्सर हुँदै जान्छ । यसबाट बच्न बायोप्सी गर्नुपर्ने हुन सक्छ । जसले मुखको क्यान्सर कुन स्टेपमा रहेको छ भनेर थाहा पाउन सकिन्छ ।

क्यान्सरबाट कसरी बच्ने ?
बढ्दो मुख क्यान्सरबाट बच्नका लागि सबैले वर्षको दुईपटक नभए एकपटक मात्रै भए पनि डेन्टल परीक्षण गर्नुपर्छ ।
आफूले दैनिक रूपमा प्रयोग गर्ने खानेकुराबारे सचेत रहने र दाँतमा केही समस्या आउनेबित्तिकै परीक्षण गराउन जाने ।
हरेक मानिसले वर्षमा दुईपटक दाँतको पूरै सरसफाई गर्नुपर्छ । जसले गर्दा गिजा स्वस्थ रहन्छ र रोगसँग लड्न सक्ने क्षमता वृद्धि हुन्छ ।

तपाईको प्रतिक्रिया