हुन्डाईले ल्यायो इलेक्ट्रिक कार - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

हुन्डाईले ल्यायो इलेक्ट्रिक कार

हुन्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेसनल प्रालिले नयाँ इलेक्ट्रिक कार बजारमा ल्याएको छ । कम्पनीले नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) अटो सोमा सार्वजनिक गरेको हुन्डाई इओनिक नेपालको नयाँ इलेक्ट्रिक गाडीको सेग्मेन्टकै पहिलो गाडी भएको कम्पनीले जनाएको छ ।


उक्त गाडीमा २८ किलोवाट आवर लिथियम–इओन पोलिमर ब्याट्रीमा कनेक्ट हुने ८८ किलो वाटको इलेक्ट्रिक मोटर रहेको छ । यसले एकचोटि चार्ज गरेपछि २ सयदेखि २ सय ५० किलोमिटरको ड्राइभिङ दिने कम्पनीको दाबी छ । यसमा १ सय १० भोल्ट आउटलेटमा सजिलै प्लग गर्न मिल्ने ओविसी चार्जर हुन्छ ।

नयाँ कारमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ । जसले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्रण प्रदान गर्ने जनाइएको छ । उच्च प्रभावकारिता र वातावरणमैत्री सवारीसाधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई हुन्डाईले पूरा गर्दै उल्लेखनीय फड्को मारेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया