एक्लै साली कसको भेनाको - Naya Patrika
eNaya Patrika
  • ePaper

एक्लै साली कसको भेनाको

फ्राइडे रिलिज :

आज शुक्रबार एउटा मात्रै नेपाली फिल्म–साली कसको भेनाको प्रदर्शन भएको छ । भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको सोमबार राजधानीमा प्रिमियर सो गरिएको थियो । फिल्मकर्मी तथा सञ्चारकर्मीले साली कसको भेनाको मन परेको बताएका थिए ।

कान्छी, सन्तान तथा कर्जाजस्ता पुराना सफल फिल्मका निर्माता प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा विल्सनविक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिष्का पोखरेल, प्रिया रिजाल, सुष्मा कार्की, देव सागर, बलबहादुर गुरुङ, जयनन्द लामा, कविता आले, रवि गिरीलगायत कलाकारले अभिनय गरेका छन् । पुष्प आचार्यले लेखेको फिल्म दीर्घ गुरुङले खिचेका हुन् ।

मगर संस्कृति, परम्परा तथा पारिवारिक कथालाई प्रस्तुत गरिएको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजिमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारी छन् । फिल्ममा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मीन घलानको संगीत छ ।

तपाईको प्रतिक्रिया