नाडा अटो सो (फोटोफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper

नाडा अटो सो (फोटोफिचर)

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा १३औँ संस्करणको नाडा अटो सो जारी छ । मंगलबारबाट सुरु भएको नाडा अटो सो ६ दिनसम्मका लागि सञ्चालन हुनेछ । प्रदर्शनीमा यसपटक १९ ब्रान्डका चारपांग्रे (कार, जिप र भ्यान), २० ब्रान्डका दुईपांग्रे (मोटरसाइकल र स्कुटर) रहेका छन् ।

त्यस्तै टायर, ब्याट्री, लुब्रिकेन्टलगायत गरी ७१ कम्पनीका १ सय ३४ वटा स्टल रहेका छन् । प्रदर्शनीमा प्रख्यात ब्रान्डका सवारीसाधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरूलगायत नेपालमै उत्पादित सामग्रीसमेत राखिएका छन् ।

तस्बिर ः अमुल थापा/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया