इन्टरनेट फास्ट बनाउने तरिका - Naya Patrika
eNaya Patrika
  • ePaper

इन्टरनेट फास्ट बनाउने तरिका

सूचना प्रविधिको यो युगमा इन्टरनेटविनाको जीवन परिकल्पनासमेत गर्न सकिँदैन । हाम्रो दैनिक जीवन, व्यावसायिक काम र मनोरञ्जनका लागि इन्टरनेटको प्रयोग अधिक हुन्छ । तर, इन्टरनेट सुस्त भएकै कारण वाक्क हुनुपरेको समस्या हामी सबैको हुन सक्छ । खासगरी कमजोर पूर्वाधार भएको हाम्रो जस्तो मुलुकमा इन्टरनेट स्लो हुने समस्या बढी हुन्छ । हाम्रो इन्टरनेटलाई द्रुत गतिको (फास्ट) कसरी बनाउने ? हामीले यहाँ जानकारी दिएका छौँ :

-सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामीले आफ्नो आवश्यकताअनुसारको इन्टरनेट प्याकेज खरिद गर्नुपर्छ । व्यक्तिगत प्रयोगका लागि कम गतिको भए पनि हुन्छ, तर व्यावसायिक प्रयोजनका लागि भने कम्तीमा १ एमबिपिएस क्षमताको इन्टरनेट हुनैपर्छ ।

-आफूले ब्राउज गर्ने कन्टेन्टअनुसार प्याकेज छनोट गर्नुपर्छ । ३५६ केबिपिएसले चाहेअनुसार स्काइपमा भिडियो च्याट गर्न गाह्रो हुन्छ । यसलाई ७६८ केबिपिएस क्षमता चाहिन्छ । त्यस्तै, साधारण युट्युब भिडियो १ एमबिपिएसले पुग्छ । तर, हाई डेफिनेसनको भिडियो हेर्न कम्तीमा ५ एमबिपिएसको इन्टरनेट चाहिन्छ ।

-सस्क्राइब गरेको प्याकेज सर्भिस प्रोभाइडरले सम्झौता गरेअनुसार छ/छैन परीक्षण गर्नुपर्छ । यो थाहा पाउन इन्टरनेटमा विभिन्न टुल पाइन्छ । त्यसलाई साधारण आधार मान्न सकिन्छ ।

तपाईको प्रतिक्रिया