दिशाको सम्पत्ति ९० करोड - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

दिशाको सम्पत्ति ९० करोड

बलिउड अभिनेत्री दिशा पटानी उमेरले २६ वर्ष मात्रै भइन् । तर, उनी ९० करोड नेपाली रुपैयाँबराबरकी मालिक्नी हुन् । फिल्म उद्योगमा नयाँ भए पनि उनको फ्यान फलोइङको सूची भने निकै लामो छ । ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’बाट बलिउडमा डेब्यु गरेकी दिशा सामाजिक सञ्जालमा पनि उत्तिकै क्रियाशील हुन्छिन् ।

दिशा बलिउड अभिनेता टाइगर श्राफसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहने गर्छिन् । यस वर्ष प्रदर्शनमा आएको ‘बागी २’को सफलताका कारण दिशा पटानी सय करोड क्लब अभिनेत्री बनिसकेकी छिन् ।

दिशाको स्टाइल सेन्स पनि कुनै टप हिरोइनको भन्दा कम छैन । प्रायजसो उनी महँगो कपडामै देखिने गर्छिन् । २६ वर्षीया नायिका दिशाको कुल सम्पत्ति करिब ९० करोड रुपैयाँ छ भने उनको वार्षिक कमाइ करिब २८ करोड हुने गरेको छ ।

उनी पाँच करोडको घरमा बस्ने गर्छिन् । दिशासँग ८५ लाख रुपैयाँको बिएमडब्लयू ५ सेरिज, ८८ लाखको मार्सिडिज ई २२०, एक करोडभन्दा माथिको ज्वागर एफपेसलगायत गाडी छन् । हाल उनी सलमान खानको फिल्म ‘भारत’को सुटिङमा व्यस्त छिन् ।

तपाईको प्रतिक्रिया