जेभियर्स र हेम्स क्वार्टरफाइनलमा - Naya Patrika
eNaya Patrika
  • ePaper

जेभियर्स र हेम्स क्वार्टरफाइनलमा

काठमाडौं जेभियर्स र हेम्स नवौँ प्याब्सन मध्यक्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । काठमाडौं जेभियर्सले चाँदबागलाई ४९–३६ ले पराजित ग-यो ।

जेभियर्सका सञ्जीव मगरले २२ स्कोर गरे । हेम्सले एक्सिसलाई ४४–१५ को फराकिलो अन्तरले हरायो । हेम्सका कौशल शर्माले १९ स्कोरको योगदान गरे । यसैगरी, पुरुषतर्फ स्पाङगेल काठमाडौं इंग्लिस स्कुल (केइएस), मार्टियर्स, अल्वर्ट, अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) र विज किड्स पनि क्वार्टरफाइनलमा पुगे ।


स्पाङगेलले साबमाथि ३०–२७ को कठिन जित रच्यो । स्पाङगेलका रोहित बलामीले १४ स्कोरको योगदान गरे । केइएसले न्यु डनबस्कोलाई ४६–१९ ले सहजै पन्छायो । केइएसका विधान मोक्तानले १६ स्कोर जोडे । मार्टियर्सले सेन्ट पाउलमाथि ३३–२५ को जित निकाल्यो । त्यस्तै, अल्वर्टले लिटिल फ्लावरलाई ३९–१४ ले हरायो । एआइएले मल्पीलाई ४१–२० ले पाखा लगायो । विज किड्सले अक्सिडेन्टललाई ४७–२२ ले स्पब्ध पा-यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु