इंग्ल्यान्ड १ सय १८ रनले विजयी - Naya Patrika
eNaya Patrika
  • ePaper

इंग्ल्यान्ड १ सय १८ रनले विजयी

इंग्ल्यान्डले पाँचौँ तथा अन्तिम टेस्टमा बुधबार भारतलाई १ सय १८ रनले पराजित गरेको छ । भारतले ४ सय ६४ रनको लक्ष्य पछ्याएको थियो । भारत दोस्रो इनिङमा ३ सय ४५ रनमा समेटिएपछि इंग्ल्यान्डले अन्तिम टेस्टमा पनि बाजी मारेको हो । इंग्ल्यान्डले सिरिज ४–१ ले हात पा-यो ।

ऋषभ र लोकेशको शतक
कीर्तिमानी लक्ष्य पछ्याएको भारतका लागि ओपनर लोकेश राहुल र ऋषभ पन्तले शतकीय इनिङ खेले । इनिङको एक समय भारत १२१–५ को नाजुक स्थितिमा थियो । त्यसपछि ऋषभ र लोकेशले छैटौँ विकेटका लािग २ सय ४ रनको साझेदारी गर्दै भारतलाई ३२५/६ को स्थितिमा राखे । लोकेशले १ सय ४९ रन जोडे । उनले २ सय २४ बलमा २० चौका र १ छक्का प्रहार गरे । त्यसपछि ऋषभले पनि आफ्नो विकेट गुमाए । उनले १ सय ४६ बलमा १ सय १४ रन बनाए । उनले १५ चौका र ४ छक्का प्रहार गरेका थिए ।

पाँच ब्याट्सम्यान डकआउट
पाचौँ टेस्टको दोस्रो इनिङमा भारतका पाँच ब्याट्सम्यानले १ रन पनि बनाउन सकेनन् । चेतेश्वर पुजारा, कप्तान विराट कोहली, हनुमा बिहारी, मोहमद सामी तथा जस्प्रित बुमराहले खाता नखोली विकेट गुमाए ।

तपाईको प्रतिक्रिया