पोप फ्रान्सिस आगामी वर्ष जापान जाने - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

पोप फ्रान्सिस आगामी वर्ष जापान जाने

पोप फ्रान्सिसले बुधबार आउँदो वर्ष जापान जाने घोषणा गरेका छन् । करिब ४० वर्षअघि जोन पावल द्वितीयपछि पहिलो पटक उनी सन् २०१९ मा जापानको भ्रमण गर्ने भएको हुन् ।

‘मैले तपाईहरुसँग प्रतिबद्धता व्यक्त गर्न चाहन्छु कि म अर्को वर्ष जापान आउनेछु,’ भ्याटिकनसिटीमा एउटा जापानीज टोलीसँग भेटमा उनले भने । उनले आफ्नो यो चाहना पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

जापानी युवाको टोलीले युवा र अनाथका लागि प्रशिक्षण कोष बनाउन सहयोग गर्न फ्रन्सिस जापान जान लागेको बताएको छ ।

उनले भने, ‘तपाईहरु धर्म, संस्कृति र अर्थतन्त्रका लागि मिलेर काम गर्न सक्नुहुन्छ, त्यो विश्वव्यापी रुपमा मानवताका लागि शान्तिपूर्ण रुपमा हुनुपर्दछ ।’

फ्रान्सिसले यसअघि फिलिपिन्स, सन् २०१४ मा श्रीलङ्का र त्यसपछि म्यान्मार तथा बङ्लादेशको भ्रमण गरेका थिए । जापानमा भने यसअघि पोप जोन पावल द्वितीयले सन् १९८१ मा भ्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया