महिला आयोगलाई स्वास्थ्य मन्त्रालय मातहत नराख्न सांसदको आग्रह - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

महिला आयोगलाई स्वास्थ्य मन्त्रालय मातहत नराख्न सांसदको आग्रह

सांसदहरुले राष्ट्रिय महिला आयोगलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत राख्ने प्रयास नगर्न सरकारसँग आग्रह गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले राष्ट्रिय महिला आयोग संवैधानिक निकाय भएकाले यसलाई सरकारको मातहत ल्याउने प्रयास गर्न नहुने बताए ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बुधबार ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले संवैधानिक निकायलाई स्वतन्त्र संस्थाकै रुपमा रहन दिनुपर्ने उल्लेख गरे । विधेयकमा राष्ट्रिय महिला आयोगलाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहतमा राख्ने प्रावधान राखिएको छ ।

समितिका सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले महिलाको ज्यान जाने अवस्था भएमा वा अपाङ्ग बच्चा जन्माउने अवस्थामा सुरक्षित गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गर्नुपर्ने माग गरे । उनले प्रजनन् अधिकार हनन् हुन नदिन पनि कडा कानुनी व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

समितिकी सदस्य सरिता न्यौपानेले गर्भवती हुँदा विरामीसँगै अस्पतालमा श्रीमान् आफैं कुरुवा बस्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन् । सरकारी अस्पतालमा श्रीमान् विरामीसँगै कुरुवा बस्न नपाउने व्यवस्था हटाउन उचित हुने उनको भनाई थियो । विधेयकमा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकारीलाई सुनिश्चित गराउने प्रावधान राखिएको छ ।

तपाईको प्रतिक्रिया