नेपाल भारत सीमा क्षेत्रका पेट्रोल पम्पमा अनुगमन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

नेपाल भारत सीमा क्षेत्रका पेट्रोल पम्पमा अनुगमन

रुपन्देहीको सीमावर्ती क्षेत्रमा रहेका पेट्रोल पम्पमा अनुगमन गरिएको छ । भैरहवा परासी सडक खण्डमा पेट्रोलियम पर्दाथ अपचलन भएको गुनासोका आधारमा अनुगमन गरिएको अनुगमन टोलीका संयोजक तथा साहयक प्रमुख जिल्ला अधिकारी नारयण पाण्डेले बताए ।

सीमा क्षेत्रमा डिजल र पेट्रोल अभाव भएसँगै अनुगमन टोलीले छड्के अनुगमन गरेको थियो । जिल्लाको ओमसतिया र रोहिणी गाउँपालिकामा रहेका हुलाकी राजमार्गका तीन पेट्रोल पम्पमा छड्के अनुगमन गरेको हो । अनुगमनमा पेट्रोलियम पर्दाथ अपचलन भएपछि पम्पमा शिलबन्दी गरेको छ ।

शिलबन्दी भएका पम्महरुमा सुरज आयल डिष्ट्रिव्युटर्स, जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यु एभरेष्ट आयल सप्लायर्स रहेको अनुगमन टोलीका प्रमुख पाण्डेले बताए । उनले भने, ‘सीमामा रहेका पम्पले आयल निगमका निर्देशन अवज्ञा गर्दै भारतीय नम्बर प्लेटका सवारी साधनलाई पेट्रोल तथा डिजल बिक्री गरेकाले शिलबन्दी गरेको हो ।’

नेपाल आयल निगमल निर्देशन दिँदै भारतीय सवारी साधनलाई भारत फर्कने बेला बढीमा ५० लिटर इन्धन दिन पाइने सर्कुलर गरेको थियो । निगमको निर्देशनलाई अवज्ञा गर्दै पम्पले भारतीय सवारी साधनलाई भनेजति इन्धन दिँदै आएको अनुगमन टोलीले फेला पारेपछि कारबाही गरिएको वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख बेद प्रकाश उपाध्यायले बताए ।

तपाईको प्रतिक्रिया