चोरी गरेर भाग्दै गर्दा दुई युवा पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

चोरी गरेर भाग्दै गर्दा दुई युवा पक्राउ

आफैंले काम गर्ने होटलमा धनमाल चोरी गरेर भाग्दै गर्दा दुई युवालाई मुस्ताङ प्रहरीले पक्राउ गरेको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ बजारमा रहेको हिमालयन प्याराडाइज होटलबाट २६ गते सुन र एक लाख ५० हजार नगद चोरी गरी दुई युवा फरार रहेका थिए ।

प्रहरीले नवलपरासीको बर्दघाट नगरपालिका–४ का आशिष खत्री र ओखलढुङ्गाको मलङ गाउँपालिका–२ का गेल्पु शेर्पालाई बुधबार नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट एक लाख १५ हजार नगद, १० तोला सुनको बाला, एक थान सुनको औँठी, काण्डिमाला एक थान, सुलेमाला दुई थान, चाँदिको दिग्रा २ थान र मोति माला बरामद गरेको छ । उनीहरुलाई मुस्ताङको घरपझोङ गाउँपालिका–४ काठेपुलबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया