निर्मलाको न्यायका लागि ‘कालो कपडा’ लगाएर तीज - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

निर्मलाको न्यायका लागि ‘कालो कपडा’ लगाएर तीज

बुधबार देशभर तीजको रमझम थियो, महिलाको विषेश पर्वको रूपमा तीज मनाउन सरकारले महिलाका लागि सरकारी तथा गैरसरकारी संस्थाले सार्वजनिक विदा नै दिएको छ ।

७७ वटै जिल्लाका महिलाले रंगीविरंगी कपडा लगाएर धुमधामसँग तीज मनाए, तर कञ्चनपुरको महेन्द्रनगरका महिलाले निर्मला पन्तको न्यायका लागि भन्दै ‘कालो कपडा’ लगाएर तीज मनाए ।

महिला नेतृ हेलन श्रेष्ठ नेतृत्वको दबाबमुलक संघर्ष समितिले कालो कपडा लगाएर ‘ब्लाक तीज’ मनाएको हो । निर्मलाको बलात्कारपछि भएको हत्याका बास्तविक दोषीलाई कारबाहीको माग राख्दै कालोसारी, कालो कपडा लगाएर महिलाले महेन्द्रनगरमा प्रर्दशनसमेत गरे ।

गल्ली नम्बर १ देखि सुरु भएको र्‍याली मदनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले न्यायका लागि कालोसारीमा उत्रेर तीज मनाएको बताइन् । ‘आगामी दिनमा हाम्रा चेलिबेटीहरु निर्मला जस्तै पीडित नबनुन्, स्वतन्त्र रूपमा हिँडडुल गर्न सकुन् भनेर बिरोध स्वरूप तीज मनायौँ,’ उनले भनिन् ।

यसैबीच मीना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले न्यायका लागि भन्दै निर्मलाका आमाबाबु यज्ञराज र दुर्गादेविसहितका अधिकारकर्मी राजधानी गएका छन् । बुधबार काठमाडौँ पुगेको अधिकारकर्मी सहितको टोलीले घाइते अर्जुन भण्डारा र उमेश देउवालाई भेटेका छन् ।

नयाँ शक्तिकी नेतृ एव अधिकारकर्मी माया नेगीले न्यायका लागि राजधानी आएको बताइन् । उनका अनुसार बिहीबारदेखि मृतक बालिका अभिभावकसहित अधिकारकर्मीको टोलीले गृहमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर ज्ञापन पत्र बुझाउनेछ ।

निर्मलाको न्यायका लागि मानव अधिकारको क्षेत्रमा कार्यरत राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोगलगायत अधिकारकर्मीसँग न्यायका लागि अपिल गरिने छ ।

तपाईको प्रतिक्रिया