साफ च्याम्पियनसिप : एेतिहासिक अवसर गुमाउँदै माल्दिभ्ससँग नेपाल पराजित - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

साफ च्याम्पियनसिप : एेतिहासिक अवसर गुमाउँदै माल्दिभ्ससँग नेपाल पराजित

बंगलादेशमा बुधबार भएको साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्ससँग तीन गोलले पराजित हुँदै नेपाल बाहिरिएको छ ।  समुह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपाल माल्दिभ्ससँग ३-०ले पराजित भयो ।

खेल सुरु भएको ९ आैँ मिनेटमा माल्दिभ्सका अक्रम अब्दुल घानीले फ्री किक मार्फत गोल गर्दै अग्रता लिएको थियो । दाेस्रो हाफमा नेपालको कमजाेर खेलकाे फाइदा उठाउँदै ८४ र ८७ आैँ मिनेटमा इब्राहिम हसन वाहिदले दुर्इ गोल थप्दै ३-० को विजय दिलाए।

यसअघि सन् २०१३ मा साफ सेमिफाइनलबाट फर्किएको नेपाल फेरि पनि फाइनल पुग्न असफल रह्यो । साफमा यो नेपालले खेलेको चौथो सेमिफाइनल खेल हो । साफ च्याम्पियनसिप फुटबलमा  माल्दिभ्सविरुद्ध नेपालकाे खराब इतिहास रहँदै आएको छ ।

पहिलो चरणको खेलमा पाकिस्तानसँग २-१ अन्तरले पराजित भएको नेपाल बाँकी दुर्इ खेलमा सुधार गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले भुटानलार्इ ४-० र आयोजक बंगालादेशलार्इ २-० को जित निकालेको थियो । तर, श्रीलंकासँगको बराबरी र भारतसँग पराजित भए पनि माल्दिभ्स सेमिफाइनलमा छनोट भएको थियो ।

तपाईको प्रतिक्रिया